एजेन्सी : म्यानमारमा शुक्रबार गएको ठूलो भूकम्पमा परी ज्यान गुमाउनेहरुको सङ्ख्या एक हजार छ सय ४४ पुगेको छ।
तीन हजार चार सय भन्दा धेरै घाइते भएका पछिल्लो विवरण छ। आज तेस्रो दिन पनि खोजी तथा उद्धार कार्य चलिरहेको छ। ७ दशमलव ७ म्याग्निच्युडको भूकम्प र त्यसको केही मिनेटपछिको ६ दशमलव ७ म्याग्निच्युडको पराकम्पले म्यानमार र थाइल्याण्डमा क्षति गरेको छ।
१७ लाखभन्दा धेरै मानिसका घरमा क्षति पुगेको प्रारम्भिक विवरण छ। विमानस्थल तथा सडकहरु बन्द रहेकाले राहत तथा उद्धारका सामग्री पु¥याउने काममा समेत समस्या भएको बीबीसीले जनाएको छ।
प्रतिक्रिया दनुहोस्