संसद बैठकमै राजेन्द्र लिङ्देनको चेतावनी : ‘राजावादी यहाँ छ, सके जेल हाल’

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा बैठकमै आफूहरूलाई जेल हाल्न चेतावनी दिएका छन् । प्रतिनिधिसभाको अवरुद्ध बैठकमा कुनै सांसदले ‘राजावादी हुँ भन्नेहरूलाई थुन्नुपर्छ’ भनेपछि लिङ्देनले भने, ‘छाती ठोकेर भनियो, राजावादी यहाँ छ सके जेल हाल !’

ढिलो गरी सुरु भएको प्रतिनिधिसभाको बैठक विपक्षीको अवरोधपछि १५ मिनेटका लागि स्थगित भएको थियो । सत्तापक्ष र प्रतिपक्ष दुवै आ–आफ्ना ठाउँबाट चर्काचर्की गर्न थालेपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।

Seti Hospital

यसअघि सभामुख देवराज घिमिरे र प्रमुख दलका प्रमुख सचेतकहरूबिच बैठक भएको थियो । बैठकमा सत्तापक्षले विपक्षीलाई सदन अवरोध खुलाउन आग्रह गरेकोमा विपक्षी दलले आफ्नो अडान यथावत् रहेको जानकारी दिएको थियो ।

विपक्षी दलले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाइएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा नै आएर जवाफ दिन माग गरिरहेका छन् । संसदमा जवाफ नदिने अडान राख्दै आएका प्रधानमन्त्री ओलीले भोलि सोमबारको बैठकमा भने जवाफ दिने एमाले मुख्य सचेतक महेशकुमार बर्तौलाले जानकारी गराएका छन् ।

आजको प्रमुख सचेतकहरूसँगको बैठकमा सभामुख घिमिरेले दुई दिनअघि भएको तीनकुने घटना लोकतन्त्रमाथिको प्रहार भएकाले संसदमा छलफल बहस गर्ने वातावरण बनाउन दलहरूलाई आग्रह गरेका थिए । उनले राष्ट्रमाथि भएको घटनाबारे छलफल गरेर संसद जीवन्त रहेको महसुस गराउन पनि अपिल गरेका थिए । 

अधिवेशन सञ्चालन नभएको अवस्थामा पनि सदन सञ्चालन गर्नुपर्ने अवस्थामा सदन अवरोध कुनै पनि हालतमा उचित नहुने सभामुखको भनाइ थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार