कैलालीका पत्रकारहरुले हातमा कालोपट्टी बाधेर गरे बिरोध

धनगढी : कैलालीका पत्रकारहरुले आईतबार हातमा कालोपट्टी बाधेर बिरोध जनाएका छन् । उनीहरु कार्यक्षेत्र र कार्यकक्षमा हातमा कालोपट्टी बाधेर खटिएका छन् ।

पत्रकार आक्रमण र हत्याको बिरोधमा नेपाल पत्रकार महासंघ कैलालीले आह्वान गरेको थियो । सोही अनुरुप कैलालीको धनगढी, अत्तरिया, सुखड, बौनिया, लम्की र टीकापुर हातमा कालोपट्टी बाधेर काम गरिरहेका छन् ।

Seti Hospital

आईतबार बिहान पत्रकार महासंघ कैलालीका सभा हलमा एक कार्यक्रम गरि सबैलाई कालोपट्टी प्रदान गरेर बिरोध कार्यक्रमको सुरु गरिएको अध्यक्ष श्रवण देउवाले जानकारी दिए । महासंघ सभा हलमा सामुहिक रुपमा जम्मा भएर सबैलाई आन्दोलनमा सहभागि हुन आह्वन गरेका थिए ।
पत्रकार महासंघको आन्दोलनको कार्यक्रम अनुसार आईतबार कार्यक्षेत्र र कार्यकक्षमा हातमा कालोपट्टी बाध्ने, सोमबार प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने र मंगलबार सरोकारवाला संगठनहरूसँग छलफल गर्ने कार्यक्रम तय भएको महासंघ कैलालीका सहसचिव शंकर बोहराले जानकारी दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार