चैते नवरात्र शुरु, बैतडीका शक्तिपीठ तथा मन्दिरहरुमा भक्तजनको घुइँचो

बैतडी : आजदेखि चैते नवरात्र शुरु भएको छ । चैत नवरात्र शुरु भएसंगै बैतडीका विभिन्न ठाउँमा रहेका शक्तिपीठ तथा मन्दिरहरुमा भक्तजनहरुको घुइँचो लागेको छ । नवरात्रको समयमा शक्तिपीठ तथा मन्दिरहरुमा बलिसहित पूजाआजा हुने गरेको निङ्गलाशैनी भगवती मन्दिरका मूल पूजारी देवदत्त भट्टले बताए ।

बैतडीमा बिशेष गरेर भगवतीका मन्दिरहरुमा यो नवरात्रमा पनि बलिसहित जात्रा हुने गरेको बताइएको छ । यो नवरात्रलाई वासन्तिक नवरात्र भन्ने गरिएको स्थानीय संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताए । नवरात्रको पहिलो दिन आज शक्तिपीठ तथा मन्दिरहरुमा जमरा राख्ने चलन रही आएको छ । चैते नवरात्रलाई जेठो नवरात्रका रुपमा मान्ने गरिएको उनले बताए । नवरात्र उपासनाको शुरुवात गर्नेहरुले यसै नवरात्रबाट उपासना शुरु गर्नुपर्ने उनले बताए ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार