अछाम : अछाममा सामुदायिक वनका पदाधिकारी र डिभिजन वन कार्यालयको मिलेमतोमा व्यापक रूपमा वन फँडानी भएको छ । जिल्लाको कमलबजार नगरपालिका र पञ्चदेवल विनायक नगरपालिकाको लेक क्षेत्रमा रहेका सामुदायिक वन फँडानी गरेर चुत्रो ९तिर्खुला० को डाँठ तथा बोक्रा बिक्री भइरहेको हो ।
कमलबजार नगरपालिका–५ स्थित पाँचुली चैतेपातल सामुदायिक वनबाट १३ हजार किलो चुत्रो बिक्री गरिएको छ । सो वनका पदाधिकारी, डिभिजन वन कार्यालय विनायक र मङ्गलसैनका कर्मचारीको मिलेमतोमा उक्त परिमाणको चुत्रो बिक्री भएको खुलेको हो । जिल्लाका विभिन्न वन उपभोक्ता समितिले डिभिजन वन कार्यालयबाट अनुमति लिएर वन पैदावार सङ्कलन गरिरहेका हुन् ।
कमलबजार नगरपालिका–५ मा रहेको पाँचुली चैतेपातल सामुदायिक वनका पदाधिकारीले किर्ते भेला गरेर वन पैदावार बेच्ने निर्णय गरेको खुलेको छ । सो भेलाको निर्णय पुस्तिकामा विभिन्न व्यक्तिको नाम लेख्दै किर्ते हस्ताक्षर गरेर डिभिजन वन कार्यालयलाई वन पैदावार बेच्ने अनुमति लिएको बुझिएको छ ।
प्रतिक्रिया दनुहोस्