धनगढीः कैलालीको भजनीमा आगलागी भएको छ।
भजनी नगरपालिका-७ पृथ्विपुरको गौडी बस्ने ६ जनाको गोठ र गहुँबालीमा शुक्रवार आगलागी भएको हो। ३ जनाको गोठ र ३ जनाको गहुँबालीमा आगलागी भएको इलाका प्रहरी कार्यालय भजनीले जनाएको छ। रामनिवास यादप, मतरु यादप र छोटेलाल गोरक्षियाको गोठमा आगलागी भएको छ।
यसैगरी बेलिराम गोरक्षिया, श्रीचन्द्र गोरक्षिया र क्षेत्रपाल यादपको गहुँबालीमा आगलागी भएको छ। आगलागी इलाका प्रहरी कार्यालय भजनी, बिओपी हिम्मतपुरबाट खटिएको प्रहरी टोली र स्थानीय तथा दमकलको सहयोगमा नियन्त्रणमा लिएको छ। आगलागीबाट ४ लाख ६० हजार बरारको क्षति भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दनुहोस्