धनगढी : कैलालीमा भारतीय दर्शनार्थी चढेको ट्याक्टर दुर्घटना हुँदा घाइते भएका बालकको मृत्यु भएको छ।
कैलारी गाउँपालिका–५ को मनिकापुरमा बेहडाबाबा मन्दिरको दर्शन गरेर फर्किरहेका भारतीय दर्शनार्थी चढेको नम्बर नखुलेको ट्याक्टर शनिवार दिउँसो दुर्घटना हुँदा घाईते भएका भारतको लखिमपुर खिरीका ११ वर्षीय बालक आयुश बर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्का बताए।
उक्त ट्याक्टरमा चालक सहित ४३ जना सवार रहेको जनाइएको छ। जसमध्ये २४ जना घाईतेहरूको बिभिन्न असपतालमा उपचार भइरहेको छ। तीन जना उपचारपछी डिस्चार्ज भईसकेको र १४ जना सकुशल रहेको प्रहरीले जनाएको छ।
ट्याक्टर इलाका प्रहरी कार्यालय हसुलिया, कैलालीको नियन्त्रणमा रहेको र ट्याक्टर चालक भारत जिल्ला लखिमपुर, खिरी सिंहा कालापोष्ट बस्ने २५ वर्षीय चौलान्द्र बर्मा फरार रहेका र उनको खोजीकार्य भइरहेको जनाइएको छ।
प्रतिक्रिया दनुहोस्