कञ्चनपुरमा गहुँ खेतमा देखिन थाल्यो बाघ

कञ्चनपुर : कञ्चनपुरको बस्तीमा बाघ पसेको छ। बेलौरी नगरपालिका–२ टेडुवा गाउँको बस्तीमा बाघ पसेको हो।

सवडिभिजन वन कार्यालय कुण्डाका प्रमुख दिनेश कुमार यादवका अनुसार टेडुवास्थित गहु बारीमा बाघ देखिएको छ। अहिले बाघ देखापरेको क्षेत्रमा वनकर्मी, सुरक्षाकर्मी र स्थानीय जनप्रतिनिधि भेला भएका छन्। बाघ देखापरेको गहु बारीनजिकै बाक्लो मानव बस्ती छ।

Galaxy

गहुँ बारीमा बाघ पसेपछि स्थानीय त्रसित बनेका छन्। बाघ देखिएपछि स्थानीय सतर्कता अपनाउन भनिएको छ। सबडिभिजन वन कार्यालय कुण्डाका प्रमुख यादवका अनुसार अहिले ड्रोनमार्फत बाघको निगरानी भइरहेको छ। ‘बिहान ६ बजे हामीले जानकारी पाएका थियौँ। साढे ७ बजे ड्रोनमा देखापरेको छ,’ उनले भने, ‘अहिले पनि ड्रोनबट बाघको मुभमेन्ट निगरानी गरिरहेका छौँ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार