संसद् पुग्यो धवल शम्शेर पक्राउ परेको सूचना

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्री एवं प्रतिनिधि सभा सदस्य धवल शम्शेर राणा पक्राउ परेको सूचना संसद सचिवालय पुगेको छ ।

संसद सचिवालयका प्रवक्ता एकराम गिरीले सांसद पक्राउ परेको सम्बन्धी सूचना प्राप्त भएको जानकारी दिए ।

Seti Hospital

संविधानको धारा १०३ को उपधारा ३ मा सांसद पक्राउको सूचना सभामुखलाई दिनुपर्ने व्यवस्था छ । यसअनुसार प्रहरीले सांसदलाई पक्राउ गरेको सूचना सभामुख र संसद सचिवालयलाई दिएको हो ।

यस्तो सूचना प्राप्त भएपछि प्रतिनिधि सभा नियमावली अनुसार सभामुखले संसदमा जानकारी दिनुपर्छ । संसद नभएको अवस्थामा सूचना पाटीमा पक्राउ भएको सूचना प्रकाशित गराउनुपर्छ । प्रतिनिधि सभाको बैठक आइतबार बिहान ११ बजे बस्दैछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार