विदेशी नागरिकले छाडे सिमली जङ्गल

धनगढी : कैलालीको घोडाघोडी नगरपालिका–९ को सिमली जङ्गलमा बस्दै आएका विदेशी पर्यटकले उक्त स्थान छाडेका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीले फागुन ८ गते २४ घण्टाभित्र ठाउँ छाड्न निर्देशन दिएको थियो, तर उनीहरूले शुक्रबार उक्त स्थान छाडेका हुन् । २८ दिन पहिले भारत, अमेरिका, चीन, जापानलगायत देशका करिब १५० जना विदेशी नागरिक सो जङ्गलमा बसोबास गरेर अस्वाभाविक गतिविधि गर्दै आएका थिए । स्थानीयले त्यसको गुनासो गरेपछि प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालय प्रमुखसहितको समूहले स्थलगत अनुगमन गरी ठाउँ छोड्न निर्देशन दिएको थियो ।

कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले सरकारी जङ्गलमा कुनै पनि निकायबाट अनुमति नलिई बसेकाले उनीहरूलाई ठाउँ छोड्न २४ घण्टाको समय दिए पनि पर्यटन भिसामा आफूहरू नेपाल आएको र समुदायलाई असर पर्ने गरी कुनै काम नगरेको भन्दै उनीहरूले २८ दिनमा ठाउँ छोड्ने बताएका थिए ।

Seti Hospital

प्रजिअको निर्देशनपछि इलाका प्रहरी कार्यालय सुखडबाट प्रहरीको समूह उक्त ठाउँमा पुगेर खाली गराउने प्रयास गरेपछि केही दिनभित्र आफैँ छाडेर जाने भनेपछि प्रहरी खाली हात फर्केका थिए । उनीहरू त्यहाँ २८ दिन बस्ने गरी आएका थिए । उनीहरू शुव्रmबार आफ्नो गन्तव्य तिर लागेको घोडाघोडी नगरपालिकाका नगरप्रमुख खड्कबहादुर रावतले बताए ।

उनका अनुसार आफू जङ्गलमा पुग्दा उनीहरू जाने तयारीमा आफ्नो बन्दोबस्तीका सामान मिलाउँदै थिए । उनले सिमली जङ्गलमा लामो समय विदेशीहरू बसे पनि कुनै असर पर्ने गतिविधि नगरेको बताए । उनीहरूलाई बिदाइ गर्न नगरप्रमुख रावत वडा नम्बर ९ का वडाध्यक्ष हरिशचन्द्र शाह, पर्यटन व्यवसायीलगायत सिमली पुग्नुभएको थियो । विकीपिडियाका अनुसार रेन्बो फ्यामिली एक स्वतन्त्र, प्राकृतिक जीवनशैली अपनाउने र शान्तिको पक्षमा उभिने समुदाय हो । यसको इतिहास १९७० को दशकको अमेरिकी हिप्पी आन्दोलनबाट सुरु भएको र हाल यो विश्वभर फैलिएको छ । सन् १९८० र ९० को दशकमा अमेरिका बाहिर युरोप, ल्याटिन अमेरिका र एसियामा पनि यस्ता जमघट हुन थालेको बताइन्छ ।

रेन्बो ग्यादरिङको उद्देश्य स्वतन्त्र, नियमविहीन, पैसारहित र समुदायमैत्री जीवनशैली अपनाउनु रहेको बताइन्छ । नेपालमा यसअघि अछामको रामारोशन, गुल्मीमा यो समुदायको जमघट भएको बताइन्छ । पर्यटन व्यवसायी डबल शाहले नेपालमा रेम्बो फ्यामिलीलाई सन् २०२५ मा घोडाघोडी ल्याउन पहल गर्नुभएको थियो । पर्यटन व्यवसायी शाहकै मध्यस्थतामा घोडाघोडी नगरपालिकाको आयोजनामा सांस्कृतिक आदानप्रदान कार्यक्रमसमेत गरिएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार