काठमाडौं : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदैछ।
उपाधिका लाग दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्दै छिन्।
सिद्धार्थ क्रिकेट रंगशालामा आज विहान ९ बजेदेखि फाइनल खेल सुरु हुदैँछ ।
पुलिसको कप्तानमा दिपेन्द्रसिंह ऐरी तथा आर्मीको कप्तानी विनोद भण्डारीले गर्दैछन् ।
दुवै टोलीले समूह चरणका ९ मध्ये ८ खेल जितेका थिए। आर्मी मधेश प्रदेशसँग पराजित भएको थियो भने पुलिस आर्मीसँग अन्तिम खेलमा पराजित भएर फाइनलमा पुगेको हो ।
प्रतिक्रिया दनुहोस्