धनगढी एफसीको जर्सी सार्वजनिक

काठमाडौँ : धनगढी एफसीले जर्सी अनावरण गरेको छ। शनिवारदेखि सुरु हुने एनसेल नेपाल सुपर लिगको फ्रेन्चाइज टोली, धनगढीले जर्सी शुक्रवार सार्वजनिक गरेको हो।

धनगढीले चैत्र १९ गते बुटवल लुम्बिनीसँग खेलेर एनएसएल सुरु गर्नेछ। धनगढी पहिलो दुई संस्करणको उपविजेता टोली हो। शुक्रवार धनगढीका अध्यक्ष सुवास शाही र मुख्य प्रायोजक माई सेकेन्ड टिचर नेपालकी अध्यक्ष मेधा भट्टराईले जर्सी अनावरण गरेकी छन्।

Seti Hospital

शाहीले माई सेकेन्ड टिचरको यो साथ फुटबल विकासलाई मात्र नभई खेलकुद र शिक्षाको विकासमा एकसाथ रहेको बताए। उनले दुई सिजन फाइनल पुगेर धनगढीले आफूलाई प्रमाणित गरिसकेको र यसपालि पनि हरेक खेलसँगै अगाडि बढ्ने योजना रहेको सुनाए। माई सेकेन्ड टिचरकी भट्टराईले आफ्नो संस्थाले प्रविधिमार्फत शिक्षालाई अगाडि बढाइरहेको र दुवैको उद्देश्य एकै भएकाले धनगढीसँगको सम्झौता शिक्षा र खेलकुदको साझेदारी भएको बताइन्। धनगढीका कप्तान देवेन्द्र तामाङले टोलीको पहिलो लक्ष्य क्वालिफायरमा पुग्नु रहेको जनाए

स्ट्राइकरद्वय आफिज ओलावाले (नाइजेरिया) र अहमद हिजाजी (लेवनान) टोलीमा यथावत छन्। यस सिजन धनगढीले स्पेनिस गोलरक्षक वालिड इसाफी र रक्षक जर्ज काइसेडो, मोरक्कोका डिफेन्सिभ मिडफिल्ड मोहम्मद इल जाउएनी र ब्राजिली विङ्गर सर्जियो बार्बोजालाई अनुबन्ध गरेको छ । मुख्य प्रशिक्षकमा स्पेनिस हुँवा म्यानुएल मार्टिनेज छन्।

जर्सी अनावरण कार्यक्रममा गायक दुर्गेश थापाको ‘धनगढी एफसी दुश्मन हेरेको हेरै’ गीत सार्वजनिक गरिएको थियो। दुर्गेश र राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी धनगढीको ब्रान्ड एम्बासडर हुन्।

धनगढीले गृहनगरमा समर्थकका लागि फ्यान पार्कको व्यवस्था गर्नेछ। गृहनगरमा रहेका धनगढीका समर्थकले धनगढीस्थित पार्क मोडमा गएर ठूलो स्क्रिनमा टोलीको खेल हेर्न पाउनेछन्। धनगढी उपमहानगरपालिकासँग मिलेर पार्क मोडमा धनगढी एफसीले फ्यान पार्क निर्माण गरेको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार