धनगढी : धनगढीको विवेक फिड्स इन्डष्ट्रिजमा आगलागी भएको छ। धनगढी उपमहानगरपालिका-३ मा सञ्चालनमा रहेको विवेक फिड्स इन्डष्ट्रिज प्रालिमा आगलागी भएको हो।
सुदूरपश्चिम प्रदेश प्रहरीले शुक्रवार दिउसो १ बजेको समयमा पानी उमाल्ने मेसिनबाट आगो सल्किएको बताएको छ। उद्योगमा लागेको आगोले मेसिनहरू, दाउरा लगायतका समान जलेका छन्। धनगढी उपमहानगरपालिका-३ का विवेक भट्टको १७ लाख रुपैयाँको आगलागीबाट क्षति भएको छ। प्रहरीले मानवीय क्षति भने नभएको बताएको छ। धनगढी उपमहानगरपालिकाको दमकल, स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ।
प्रतिक्रिया दनुहोस्