कञ्चनपुरमा नाङ्गो तार हटाउँदै प्राधिकरण

कञ्चनपुर : कञ्चनपुरको दक्षिणी क्षेत्रका विभिन्न स्थानमा ‘कभर कन्डक्टर’ जडान कार्य अगाडि बढाइएको छ।

नेपाल विद्युत् प्राधिकरण बेलौरी वितरण केन्द्रले विद्युत् प्रवाह अवरुद्ध नहोस् भनी विभिन्न स्थानको नाङ्गो तार हटाउँदै कभरसहितको तार जडानको कार्य थालेको छ। डोकेबजार हुँदै बेलौरी, पुनर्वास र बेलडाँडी क्षेत्रका ‘हाइटेन्सन लाइन’ मा कभरसहितको तार जडानको कार्य भइरहेको सो कार्यालयका प्रमुख टेकराज गिरीले जानकारी दिए। 

कार्यालय प्रमुख गिरीले बेलौरी बजार क्षेत्रमा पुरानो पोल र तारलाई हटाएर नयाँ योजना अनुसार प्रणाली शुद्धीकरणको कार्य भइरहेको बताए। पछिल्लो समय विद्युत् प्रवाहमा अवरोध बढेपछि खुला तारबाट विद्युत् प्रसारण अन्त्य गर्न कभर भएको तार प्रयोग हुन थालेको हो। गत वर्ष प्रणाली शुद्धीकरणका लागि प्राधिकरणले साढे दुई करोड रुपियाँमा टेन्डर भएको जनाएको छ।

जस अनुरूप कभरसहितको तार जडानको कार्य अन्तिम चरणमा रहेको कार्यालय प्रमुख गिरीले बताए। खुला तारबाट विद्युत् विस्तार हुँदा हावाहुरीका कारण बाँस र रुखमा ट्रिपिङ बढेर विद्युत् अवरुद्ध हुने क्रम बढेपछि प्राधिकरणले कभरसहितको तार प्रयोग गरेको छ। विद्युत् प्रसारण लाइन विस्तार र मर्मतमा कभर कन्डक्टर तारको प्रयोग भएपछि विद्युत् अवरुद्ध कम हुने अपेक्षा स्थानीयको छ।

विद्युत् प्राधिकरण बेलौरी वितरण केन्द्रले बेलौरी शान्तिपुर क्षेत्रमा एक हजार १०० मिटर नाङ्गो तार हटाएर कभर भएको तार जडान गरेको जनाएको छ। वितरण केन्द्रले बेलडाँडी सिहपाल टोल, बेलौरी वडा नम्बर १०, शिवनगर–बन्दाजाला, पुनर्वास नगरपालिका–५ पशुपति टोल क्षेत्रमा विस्तार गरिएको कार्यालय प्रमुख गिरीले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार