बैतडीको सुर्नया – ६ धुलिधारमा गाउँघर क्लिनिक भवन निर्माण गरिदै

बैतडी : बैतडीको सुर्नया गाउँपालिका– ६ मा गाउँघर क्लिनिक भवन निर्माण गरिने भएको छ । सो वडाको धुलिधारमा क्लिनिक निर्माणका लागि एक जना स्थानियले जग्गा दान गरेपछि भवन निर्माण गरिने भएको हो ।

स्थानिय केशवराज अवस्थीले गाउँघर क्लिनिक भवन निर्माणका लागि जमीन दान गरेका हुन् । वडाले गाउँघर क्लिनिक भवन निर्माणका लागि बजेट छुट्याएको थियो । तर भवन निर्माणका लागि सार्वजनिक जमीन नहुँदा समस्या भैरहेको अवस्थामा आफूले जग्गादान गरेको उनले अवस्थीले बताए । उनले भवनका लागि आवश्यक पर्ने जमिन आफुले उपलब्ध गराएको बताए ।

अवस्थीले दान गरेको जमीनमा भवन निर्माणको काम शुरु भइसकेको उपभोक्ता समिति अध्यक्ष बिष्ना अवस्थीले बताइन् । गाउँघर क्लिनिकको एक कोठे भवन निर्माणको काम भइरहेको उनले बताइन् । अवस्थीले जमीन दान गरेपछि भवन निर्माणको काम अघि बढेको भन्दै वडाध्यक्ष मदनराज अवस्थीले धन्यवाद ज्ञापन गरे । सो क्षेत्रमा स्वास्थ्यको अन्य संरचना नभएको र स्वास्थ्यचौकीबाट टाढा भएकाले गाउँघर क्लिनिक भवन निर्माणको काम भइरहेको उनले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार