आजको खबरदारी सभा दुई तिहाई बहुमतको दम्भका विरुद्ध होः माओवादी नेता सापकोटा

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य माधव सापकोटाले आजको जनप्रदर्शन दुई तिहाइ बहुमत नजिकको सरकारको दम्भ र जनताको इच्छा, आकांक्षा, चाहनाविपरीतको क्रियाकलापको विरुद्ध रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा उनले आजको जनप्रदर्शन पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधिविरुद्ध भन्दा पनि सरकारको गलत क्रियाकलाको विरुद्धमा रहेको बताएका हुन् ।

‘पछिल्लो चरण पश्चगामी शक्तिहरु अस्वभाविक रुपमा सल्बलाइराखेका छन् । नेपाली जनता यो व्यवस्थाको पक्षमा छन् । यो व्यवस्थालाई अझ सुदृढ गरेर जान चाहन्छन् भन्ने कुरा र अहिलेको दुई तिहाइ बहुमत नजिकको दुई ठूला दलको सरकारले संख्याको बहुमतको आधारमा दम्भ देखाएर जनताको इच्छा, आकांक्षा, चाहनाविपरीतको क्रियाकलाप गरिराखेको छ । त्यसको खबरदारी गर्न हो आजको विरोध सभा,’– उनले भने ।

साथै, पूर्वराजा ज्ञानेन्द्र आम सर्वसाधारणजस्तो देशको एउटा नागरिक रहेको बताउँदै उनले आजको विरोधसभा विशेषतः उश्रृङ्खलता र अराजकता रोज्नेहरुको विरुद्ध रहेको बताए । वर्तमान सरकारले कुशासनको बाटो रोजिरहेकाले लयमा फर्किन आफूहरुले खबरदारी गर्न लागेको पनि उनले बताए । ‘ज्ञानेन्द्र शाह त तपाईँ हामीजस्तै नागरिक हुन् । तिनीसँगको त के कुरा भयो र ? पश्चगामी शक्तिहरुले उश्रृङ्खलता र अराजकता रोजिराखेका छन् । यो ठीक छैन भनेर हामी चुनौति दिन चाहन्छौं । सरकारले कुशासनको बाटो रोजिराखेको छ । लयमा फर्किनको लागि खबरदारी गर्ने,’– उनले भने ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार