काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रको लोडसेडिङ पनि हटाएको छ । अब सबै प्रकारका ग्राहकहरुकहाँ २४ सै घन्टा विद्युत् आपूर्ति गरिने प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए ।
भारतले १५ मार्चदेखि सन् आवर अर्थात् बिहान ६ बजेदेखि अपराह्न ५ बजेसम्म मात्रै बिजुली आयात गर्न दिन थालेपछि प्राधिकरणले दैनिक १२ घन्टासम्म लोडसेडिङ गर्दै आएको थियो । स्थानविशेष अनुसार ६ घन्टादेखि १२ घन्टासम्म लोडसेडिङ हुँदै आएकोमा अब पूर्णरुपमा औद्योगिक लोडसेडिङ हटाइएको शाक्यले बताए ।
तर औद्योगिक क्षेत्रका ग्राहकहरुलाई बेलुका पाँच बजेदेखि राति साढे १० बजेसम्म (पिक आवर)मा भने ‘लाइट लोड’मा उद्योग चलाउन अनुरोध गरिएको उनले बताए । यो भनेकाे त्यो अवधिमा उद्योगहरु पूर्ण रुपमा चल्ने नभई अत्यावश्यक मेसिनहरु बन्द हुन नदिन मात्रै विद्युत उपभोग गर्नुपर्ने छ ।
भारतले दिउँसो मात्रै विद्युत् दिन थालेपछि पूर्वक्षेत्रका औद्योगिक ग्रिडमा १२ घण्टासम्म अघोषित लोडसेडिङ हुँदै आएको थियो, जसले गर्दा उत्पादन ७० प्रतिशतसम्म कटौती गर्नु परेको निजी क्षेत्रको दाबी छ ।
प्रतिक्रिया दनुहोस्