सुनको मुल्यमा नयाँ रेकर्ड , अब तोलाको कति ?

काठमाडौं : नेपाली बजारमा सुनको मूल्यले एक सातामै नयाँ कीर्तिमान (रेकर्ड) बनाएको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्यमा १ हजार ४ सय रुपैयाँको वृद्धि भएको छ ।

बिहीबार प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ७६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाली इतिहासमा सुनको मूल्य यो इतिहासकै उच्च हो । यसअघि ७ चैतमा १ लाख ७६ हजार रुपैयाँको उच्च मूल्य रेकर्ड बनेको थियो । त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ ।

बिहीबार प्रतितोला २ हजार २० रुपैयाँ रहेको चाँदी आज २ हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार