एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर वृद्धिसम्बन्धी नयाँ घोषणा गर्नुभएको छ।
उनले अमेरिकामा आउने कार र कारका पार्टपुर्जामा २५ प्रतिशत महसुल लगाउने घोषणा गर्नुभएको बीबीसीले जनाएको छ। ट्रम्पले नयाँ कर योजना आउँदो अप्रिल २ देखि लागू हुने बताउनुभएको छ। कारको पार्टपुर्जामा लाग्ने शुल्क भने ‘मे’ महिना वा त्यसपछिदेखि मात्र लागू हुने खबरमा उल्लेख छ।
राष्ट्रपति ट्रम्पले आफ्नो कदमले कार उद्योगमा सकारात्मक परिवर्तनसँगै हुने दाबी गर्दै अमेरिकामा रोजगारी र लगानी पनि बढाउने वाचा गर्नुभएको छ। तर ट्रम्पको यो कदमले विश्वव्यापी व्यापार युद्ध शुरू हुने सम्भावना बढाएको छ।
वज्ञहरुका अनुसार ट्रम्पको यो कदमले अमेरिकामा महत्त्वपूर्ण कार उत्पादनलाई अस्थायी रूपमा रोक्न सक्ने, मूल्य बढ्न सक्ने र सहयोगी राष्ट्रहरूसँगको सम्बन्धमा तनाव निम्त्याउन सक्ने छ।
अमेरिकाले गएको वर्ष लगभग ८० लाख कार आयात गरेकामा २ सय ४० बिलियन अमेरिकी डलरको कारोबार गरेको थियो अमेरिकामा कार पठाउनेमा मेक्सिको सबैभन्दा अगाडि छ। यसपछि दक्षिण कोरिया, जापान, क्यानडा र जर्मनी परेका छन्। ट्रम्पको यो नयाँ कदमले विश्वव्यापी कार व्यापार र यसको आपूर्ति शृङ्खलालाई असर गर्ने खतरा छ।
प्रतिक्रिया दनुहोस्