धनगढी : कैलालीको धनगढीमा रहेको ‘गोदावरी ट्रेडिङ ग्रुप प्रालि’ अन्तर्गत सञ्चालनमा आउने ‘गोदावरी टायल्स एण्ड मार्बल’ को यही चैत १५ गते उद्घाटन हुने भएको छ ।
एक कार्यक्रमको आयोजना गरेर टायल्स एण्ड मार्बलको उद्घाटन हुनेछ । उद्घाटन समारोहमा एक्सन स्टार बिराज भट्ट र गायक चक्र बमको विशेष प्रस्तुति समेत रहने जनाइएको छ । ‘गोदावरी टायल्स एण्ड मार्बल’ सुदूर पश्चिमकै उत्कृष्ट हार्डवेयर स्वोरुम मध्ये एक हो जहाँ विभिन्न प्रकारका टायल्स, मार्बल तथा इन्टेरियर सम्बन्धी सम्पूर्ण सामग्रीहरू सुलभ मूल्यमा उपलब्ध हुने छन् । साथै गोदावरी ट्रेडिङ ग्रुप प्रा लि का प्रबन्ध निर्देशक बिरेन्द्र भट्टले सम्पूर्ण ग्राहक तथा शुभेच्छुकहरू मा उद्घाटन समारोहमा उपस्थितिको लागि समेत अनुरोध गरेका छन् ।
गोदावरी टायल्स एण्ड मार्बलले स्थानीय उपभोक्तालाई गुणस्तरीय निर्माण सामग्री तथा घर सजावटका समानहरू सहज रूपमा उपलब्ध गराउने विश्वास गरिएको छ।
प्रतिक्रिया दनुहोस्