संसदको अवरोध खुलाउने प्रयासमा सभामुख, प्रमुख सचेतकहरुसँग छलफल

काठमाडौं : सभामुख देवराज घिमिरेले प्रतिनिधि सभामा जारी अवरोध खुलाउने प्रयास जारी राखेका छन् ।

बुधबार सभाको कामकारबाही अगाडि बढ्न नसकेपछि सभामुख घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । तथापि, बुधबारको प्रतिनिधि सभाको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन ।

Galaxy

आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । उक्त बैठक पनि अगाडि सभामुख घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकसँग छलफल गर्दैछन्।

नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतकहरुसँग सभामुख घिमिरेले छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ।

विपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ मागेका छन् । प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन चल्न नदिने विपक्षी दलहरूको अडान छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार