बैतडीको मटेला विओपीसम्म पुग्याे सडक पूर्वाधार

धनगढी: बैतडीको मटेलामा रहेको सशस्त्रको विओपीसम्म सडक पूर्वाधारको पहुँच पुगेको छ।

जिल्लाको शिवनाथ गाउँपालिका–१ नेपाल–भारत सीमा क्षेत्र मटेलाको सशस्त्र प्रहरी बलको विओपीसम्म सडक पुगेको हो।

सुल्लेखान–शर्माली–नगरौघाट सडकखण्ड अन्तर्गत पर्ने सिमल चौतारीदेखी शशस्त्र प्रहरी बल नेपालको बिओपिक्याम्पसम्म एक हजार एक सय मिटर कच्चि सडक निर्माण गरिएको छ। सङ्घीय सम्पूरक अनुदान कार्यक्रम मार्फत सडक निर्माणको ठेक्का सम्झौता गरिएको हो। शिवनाथ गाउँपालिकाका पूर्वाधार शाखा प्रमुख अर्जुुनसिंह साउँदले गाउँपालिका र सङ्घीय सरकारको लगानीमा सडक निर्माणको ठेक्का सम्झौता भएको बताए। उनले भने, ‘सङ्घीय सम्पूरक अनुदान कार्यक्रम मार्फत सुल्लेखान–शर्माली–नगरौघाट सडकखण्ड अन्तर्गत आधा बजेट गाउँपालिकाको र आधा सङ्घीय सरकारमार्फत गरेर एक करोडको ठेक्का सम्झौता गरिएको हो।

शिवनाथ गाउँपालिका–१ मटेलास्थित सशस्त्र प्रहरी बल नेपालको बिओपिसम्म सडक नहुँदा उनीहरुलाई समस्या रहेको थियो। सडक पूर्वाधार नभएकाले सशस्त्र प्रहरीका कर्मचारीहरूले शास्ति खेप्नुु परेको सशस्त्र प्रहरी बल नेपाल बिओपीका प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक प्रकाश जैशी ढकालले बताए। उनले भने, ‘बिओपीमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाइ सडक नहुँदा समस्या थियो। हामीलाइ आवश्यक पर्ने खाद्यान्न तथा कुनै पनि आवश्यक कामका लागि सिमल चौतारीबाट बोकेरै ल्याउनु पर्ने थियो। रोड निर्माण गरिएपछि हामीलाइ सहज हुने भयो।

चालु आर्थिक वर्षमा गरिएको ठेक्का सम्झौतामा सुर्नयागाड, रत्याल, जोलापानी, पौँखर, बगार, दुबला, स्वाल, गाउँसल्ला हुँदै कुस्माउतघाट लगायतका ठाउँहरूमा रोड निर्माण गरिने गाउँपालिकाले बताएको छ।

शिवनाथ गाउँपालिकाका ६ वटै वडाहरूमामा सडक सञ्जाल पुगीसकेको भए पनि सबै टोल तथा बस्तिहरूमा भने सडक सञ्जाल पुगेको छैन्। बाँकी रहेका सबै बस्तिहरुमा पनि अर्को आर्थिक वर्षमा सडक पुर्‍याउने लक्ष्य गाउँपालिकाको रहेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार