धनगढी : कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
धनगढी उपमहानगरपालिका-३ मिलन चोक, धनगढी उपमहानगरपालिका-९ धनगढीगाँउ, धनगढी उपमहानगरपालिका-१८ घाट, भजनी नगरपालिका-६ नवलपुर र भजनी नगरपालिका-७ हिक्मतपुर घाट जाने बाटोबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २ लाख ९८ हजार २५० बराबरको सामान बरामद गरिएको छ।
चीनी, प्याज, सुजी, चक्लेट, बदाम, विभिन्न कम्पनीका मोबाईल कभर, बिडी, सुर्ती, सुटपिस, प्लाजु, लेगिज, बच्चाका कपडा, सिद्रा माछा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया दनुहोस्