कैलालीमा भन्सार छलीका सामान बरामद

धनगढी : कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका-३ मिलन चोक, धनगढी उपमहानगरपालिका-९ धनगढीगाँउ, धनगढी उपमहानगरपालिका-१८ घाट, भजनी नगरपालिका-६ नवलपुर र भजनी नगरपालिका-७ हिक्मतपुर घाट जाने बाटोबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २ लाख ९८ हजार २५० बराबरको सामान बरामद गरिएको छ।

SHIKHAR COOL TECH

चीनी, प्याज, सुजी, चक्लेट, बदाम, विभिन्न कम्पनीका मोबाईल कभर, बिडी, सुर्ती, सुटपिस, प्लाजु, लेगिज, बच्चाका कपडा, सिद्रा माछा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार