एउटा कर्मचारी हटाउँदा कसैलाई ठूलो घाटा पर्‍यो रे, छाती पिटीपिटी रोइरहेका छन्: प्रधानमन्त्री ओली

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ हटाइएको विषय सामान्य रहेको बताएका छन्।

बुधबार (आज) काठमाडौंमा आयोजित स्वयम्‌सेवक भेला-२०८१ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। ‘यो सामान्य विषय हो। एउटा हटायो सरकारले, अर्को नियुक्ति गर्‍यो, सकियो,’ उनले भने।

उनले अगाडि भने, ‘सरकाले एउटा कर्मचारी निकाल्यो रे, ठूलो घाटा पर्‍यो अरे कसैलाई। उनीहरू छाती पिटीपिटी रोइरहेका छन्।’

उनले त्यही विषयलाई ठूलो मानेर संसद् अवरुद्ध गर्नु लज्जास्पद भएको पनि बताए। ‘सरकारलाई काम गर्न नदिन, कानून बनाउन नदिने खेल सुरु भएको छ, यो कुरा हामीले बुझेका छौँ,’ उनले भने।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार