आगलागीका कारण १८ जनाको ज्यान गयो

एजेन्सी : दक्षिण कोरियाको दक्षिणपूर्वी क्षेत्रमा डढेलो फैलिँदा कम्तिमा १८ जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन्।

त्यहाँको आन्तरिक तथा सुरक्षा मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार २३ हजारभन्दा धेरै मानिसलाई सुरक्षित स्थानान्तरण गरिएको छ। आगलागीका कारण १३ सय वर्ष पुरानो बौद्ध मन्दिर जलेर नष्ट हुनुका साथै धेरै सम्पदा र सांस्कृतिक स्थलहरू प्रभावित भएका बीबीसीले जनाएको छ। डढेलोका कारण १७ हजार हेक्टर जनाभन्दा धेरै जङ्गलमा क्षति पुगेको छ।

SHIKHAR COOL TECH

कार्यवाहक राष्ट्रपति हान डक–सूका अनुसार दक्षिण कोरियाको इतिहासमा सबैभन्दा खराब डढेलोको रेकर्ड भएको बताए। आगलागीको सङ्कट अझै गम्भीर रहेको उनको भनाइ छ। आगलागीको कारणबारे अनुसन्धान गरिरहेका अधिकारीहरूका अनुसार उइसोङ काउन्टीको पहाडमा एउटा अग्नि नियन्त्रक हेलिकप्टर पनि दुर्घटना भएको छ। डढेको फैलिएको क्षेत्रमा हजारौं अग्नि नियन्त्रक र सैन्य कर्मचारीहरू धेरै आगो निभाउन खटिएका छन्।

कोरियामा तैनाथ अमेरिकी सेनाका हेलिकप्टरहरू पनि आगो निभाउन परिचालन भएका छन्। दक्षिण कोरियामा अहिले औसतभन्दा कम वर्षा भइरहेकोले सामान्यभन्दा सुख्खा अवस्था छ। यस वर्ष अहिलेसम्म दुई सय ४४ वटा डढेलोका घटना भएका छन्। जुन गएको वर्षको यही अवधिको तुलनामा २ दशमलव ४ गुणा बढी हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार