नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गर्न लागेको भन्दै कर्मचारीको विरोध

काठमाडौँ : नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गर्ने कानुन ल्याउन लागिएको भन्दै  प्राधिकरणमा कार्यरत कर्मचारीहरूका संगठनले विरोध जनाएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०८१ तुरुन्त फिर्ता गर्नुपर्ने माग राख्दै आधिकारिक ट्रेड युनियन प्राधिकरणले कार्यालयमा धर्ना दिएका हुन् । 


उनीहरूले हवाई क्षेत्रमाथि निजीकरण गर्न लागिएको भन्दै विरोध जनाएका छन् । दुई विधेयक देशको हितमा नरहेको भन्दै विरोध गरिएको आधिकारिक ट्रेड युनियन, नेपाल नागरिक उड्डयन प्राधिकरणका अध्यक्ष सुवास कोइरालाले बताए । उनले सरोकारवालासँग कुनै छलफल नगरी ल्याइएको भन्दै विधेयक फिर्ता नभएसम्म निरन्तर आन्दोलन गरिने उल्लेख गरे ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार