काठमाडौँ : काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उच्च अदालत पाटनमा दायर गरेको रिट निवेदनको पेसी बुधबार न्यायाधीश खडानन्द तिवारीको इजलासमा तोकिएको छ ।
लामिछानेले काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध गत शुक्रबार उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गराएका थिए ।
काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा माघ ३ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो ।
फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरिएकोमा चित्त नबुझेको भन्दै लामिछानेले उक्त आदेश बदर र तारेखमा बसी मुद्दा पुर्पक्ष गर्न पाऊँ भन्दै निवेदन दर्ता गराएका हुन् ।
प्रतिक्रिया दनुहोस्