गेटामा विश्वविद्यालय सञ्चालन गर्न संसदीय समितिबाट विधेयक पारित, अब के हुन्छ ?

काठमाडौँ : शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संसदीय समितिबाट पारित भएको छ । सिंहदरबारस्थित आफ्नै सभाकक्षमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले विधेयक पारित गरेको हो ।

समिति सभापति अम्मरबहादुर थापाले विधेयक समितिबाट पारित भएको जानकारी दिए । अब उक्त विधेयक प्रतिनिधिसभामा पेश गरिने छ ।

Seti Hospital

विधेयकलाई समितिको प्रतिवेदनसहित छिट्टै सदनमा लैजाने उनले बताए ।

के छ विधेयकमा व्यवस्था ?
दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा दुई जना सहकुलपति रहने छन् । शिक्षा र स्वास्थ्य मन्त्रालयलाई मिलाउनका लागि दुई जना सहकुलपति राख्ने सहमति भएको हो । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा जुटेको सहमतिअनुसार विश्वविद्यालयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री र स्वास्थ्य तथा जनसंख्यामन्त्री सहकुलपति हुने छन् ।

स्वास्थ्यसँग जोडिएकोले स्वास्थ्यमन्त्री समेत सहकुलपति रहने गरी विधेयक अगाडि बढेको हो । विश्वविद्यालयमा एक जना सहकुलपति रहने प्रावधान अन्य विश्वविद्यालयमा प्रचलनमा छ भने दुई जना सहकुलपति रहने व्यवस्था नेपालमा पहिलो पटक अभ्यास गर्न लागिएको हो । विश्वविद्यालयको सभाको नेतृत्व नै शिक्षा हेर्ने सहकुलपतिले गर्नेछन् भने विश्वविद्यालयको निर्णय प्रक्रियामा सहकुलपतिले कार्यकारी अधिकार प्रयोग गर्नेछन् ।

यस्तै संसदीय समितिमा जुटेको सहमतिअनुसार विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुनेछन् । तर, कुलपतिको भूमिका दिक्षान्त समारोहको अध्यक्षतामा मात्रै सीमित रहनेछ । कुलपति अर्थात, प्रधानमन्त्रीको भूमिका सेरेमोनियल हुनेछ ।

यसबाहेक विश्वविद्यालयको पदाधिकारीमा उपकुलपति, रजिष्ट्रार, डीन, प्रिन्सिपल र अस्पताल निर्देशक रहनेछन् । विश्वविद्यालयमा विश्वविद्यालयको सर्वोच्च निकायको रूपमा एक सभा रहनेछ । सभाको अध्यक्ष शिक्षा हेर्ने सहकुलपति ९शिक्षामन्त्री० रहनेछन् । उपाध्यक्षमा स्वास्थ्य हेर्ने सहकुलपछि स्वास्थ्यमन्त्री रहनेछन् ।

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष र उपकुलपति विश्वविद्यालय सभाको सदस्य रहन्छन् । विश्वविद्यालयको केन्द्रीय कार्यालय रहेको स्थानीय तहको प्रमुख पनि सदस्यको रूपमा रहन्छन् ।

यो विधेयक ऐनमा रुपान्तरित भएपछि सहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय कैलालीको गोदावरी नगरपालिका गेटामा स्थापना हुनेछ । यो विधेयक तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले १९ असोज २०८० मा राष्ट्रिय सभामा दर्ता गरेका थिए । राष्ट्रिय सभाले २९ माघ २०८० मा पारित गरेर प्रतिनिधिसभामा पठाएको थियो ।

प्रतिनिधिसभाले सैद्धान्तिक छलफल गरेर दफावार छलफल गर्न शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा लगिएको थियाे ।

गेटामा मेडिकल शिक्षाको अध्यापन र छ सय शय्याको अस्पताल सञ्चालनका लागि झण्डै सात करोडको लागतमा ५३ भौतिक संरचना निर्माण गरिएको छ । तर त्यहाँ अहिले ५० शय्याको अस्पताल मात्रै सञ्चालनमा छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार