काठमाडौं : विपक्षी दलहरूको बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको विरुद्धमा प्रतिनिधिसभा बैठकमा अवरोध गर्ने निर्णय गरेको छ।
बुधबार बिहान बसेको विपक्षी दलको बैठकले विधिविधान मिचेर सरकारले कुलमानलाई हटाएको भन्दै यसको प्रतिवादमा उत्रिने निर्णय गरेको हो।
बैठकपछि रास्वपाका नेता सन्तोष परियारले संसदमा प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद अवरोध गर्ने निर्णय गरेको जानकारी दिए। ‘सरकारले दुई तिहाइ दम्भका आधारमा नेपाल विदयुत प्राधिकरणका कार्यकारी निर्देश कुलमान घिसिङलाई बाहिर निकालेको छ। यसको विरुद्ध संसदमा सशक्त रुपमा उत्रिनेछौं। सडकमा पनि यसको आवाज उठेको छ,उनले भने,’सरकार हरेक निर्णयमा विधि विधानभन्दा बाहिर गएको छ। सरकारलाई सच्चिनका लागि पनि हामी अनुरोध गर्छौं।’
सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्राधिकरणका कार्यकारी निर्देशक कुलमानलाई हटाएर हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक बनाएको छ। अहिले यसको चौतर्फी विरोध भइरहेको छ।
प्रतिक्रिया दनुहोस्