लागूऔषधसहित ५ जना पक्राउ

धनगढी : कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ परेका छन्।

टीकापुर नगरपालिका–९ खक्रौला स्थित चेक पोष्टबाट टीकापुर नगरपालिका–७ नारायणपुर बस्ने २४ वर्षीय अरूण श्रीवास्तव र सोही ठाउँ बस्ने २२ वर्षीय संजय बिष्ट लागूऔषधसहित पक्राउ परेका छन्। श्रीवास्तवले चलाएको से ६ प ६५९१ नम्बरको स्कुटीलाई चेकजाँच गर्दा १ ग्राम ७९० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) फेला पारी उक्त पदार्थ, स्कुटी र स्कुटी पछाडी बिष्टलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।

SHIKHAR COOL TECH

यस्तै बिशेष सूचनाको आधारमा कैलालीको गोदावरी नगरपालिका–८ स्याउले स्कुलटोल बस्ने २५ वर्षीय सुनिल बम र सोही ठाउँ बस्ने २१ वर्षीय प्रकाश भुल लागूऔषधसहित पक्राउ परेका छन्। बमको घरकोठा खानतलासि गर्दा २ ग्राम २८० मिलिग्राम
खैरो हेरोइनफेला पारी दुवै जनालाई इलाका प्रहरी कार्यालय मालाखेती र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ

यसैगरी धनगढी उपमहानगरपालिका १ बसन्त टोलबाट सोही ठाउँ बस्ने २६ वर्षीय बिरेन्द्र चौधरीलाई ५० मिलिग्राम खैरो हेरोइनसहित अस्थायी प्रहरी पोष्ट शान्तीनगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार