मानव बेचबिखन अन्त्यका लागि नीतिगत संवाद

अत्तरिया : कैलालीको धनगढीमा मानव बेचबिखन अन्त्यका लागि नीतिगत संवाद कार्यक्रमको आयोजना गरिएको छ । मंगलबार ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी (रिस्ट) को आयोजनामा संवाद कार्यक्रम आयोजना गरिएको हो ।

संवाद कार्यक्रममा प्रदेश सभा सदस्य डम्मरी महरा, राष्ट्रिय मानवअधिकार आयोगका सुदूरपश्चिम अध्यक्ष प्रकाश दत्त भट्ट, प्रहरी निरीक्षक पदम राज पन्त, गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकाया र नागरिक समाज गैसस महांसघ कैलालीका उपाध्यक्ष विनोद कडाराको सहभागिता रहेको थियो । संवाद कार्यक्रमको सहजीकरण माया गुरुङले गरेकी थिइन ।

khadya

संवाद कार्यक्रममा बोल्ने वक्ताहरूले मानव बेचबिखन अन्त्यका लागि सबै निकायको हातेमालो आवश्यक रहेको बताएका थिए । पछिल्लो समय प्रविधिको विकास सँगै मानव बेचबिखनको पनि स्वरूप फेरिएकाले मानव बेचबिखन नियन्त्रणका क्रियाकलाप पनि सोही अनुसार परिमार्जन गर्न जोड दिइएको थियो । कार्यक्रममा विभिन्न संघसस्थाका प्रतिनिधि, शिक्षक विद्यार्थीको सहभागिता रहेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार