नेपाल-मलेसियाको बिचकाे फुटबल साँझ ७ः४५ वाट सुरू हुदैँ

काठमाडौं : नेपाल र मलेसिया बिचको खेल आज साँझ हुदैँछ ।

एसियन कप छनोट अन्तर्गतको खेलमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ।

khadya

सो खेल मलेसियाको जोहोरस्थित सुल्तान इब्राहिम स्टेडियममा  नेपाली समयअनुसार साँझ ७ः४५ बजेवाट सुरू हुदैँछ ।

एसियन कप छनोटको अन्तिम चरणको प्रतिस्पर्धामा नेपाल र मलेसिया समूह एफमामा रहेका छन्। फिफा वरियताअनुसार नेपालभन्दा ४३ स्थान माथि रहेको मलेसियासँग नेपालले आज पहिलो प्रतिस्पर्धा गर्दैछ ।

हालसम्म ७ पटक मलेसियाको सामाना गरेको नेपालले ६ पटक पराजय भोग्न परेको थियो । तर, सन् १९८५ मा विश्वकप छनोट अन्तर्गत नेपालले मलेसियालाई गोल रहित बराबरीमा रोकेको एउटा मात्रै रेकर्ड रहेको छ ।

गत शुक्रबार भएको मैत्रीपूर्ण खेलमा नेपालले फिफा वरियतामा आफूभन्दा १५ स्थान माथिको सिङ्गापुरलाई भने हराएर आज मलेसियासँग मैदानमा उत्रन लागेको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार