मलाई आई लभ यु भन्ने पनि छन्, आई हेट यु भन्ने पनि : प्रधानमन्त्री ओली

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई मन पराउने र मन नपराउने दुवै खालका मान्छेहरू भएको बताएका छन् । मंगलबार कांग्रेस नेता सुजाता कोइरालाको आत्मकथा  ‘म र सानोबुवा’ को विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले जसले जे भने पनि आफूले इमान्दारपूर्वक काम गरिरहेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भने, ‘मन पर्ने र नपर्ने पनि अनौठो हुने रछ । त्यही मान्छे एकथरी मान्छेले मन परार उधुम, त्यही मान्छेलाई अर्काथरी मान्छेले मन नपरार उधुम । म त भुक्तभोगी छु । मलाई आई लभ यु भन्ने पनि छन्, आई हेट यु भन्ने पनि छन् । यो उनीहरूको राइटको कुरा हो । मैले आफ्नो काम राम्ररी गर्नुपर्छ, इमान्दारपूर्वक गर्नुपर्छ । को के भन्छ त्यो उसको कुरा हो,’ प्रधानमन्त्री ओलीले भने ।

khadya

यसअघि आजै ललितपुरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार पार्न नदिनेहरू सरकारविरुद्ध लागिपरेको बताएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार