प्रधानमन्त्री ओलीलाई कांग्रेसको पूरापूर सहयोग छः सभापति देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको तर्फबाट पूरापूर सहयोग रहेको बताएका छन् । आज (मंगलबार) सुजाता कोइरालाद्वारा लिखित पुस्तक विमोचन ‘म र सानोबुबा’ आत्मकथा विमोचन समारोहलाई सम्बोधन गर्दै उनले ओली नेतृत्वको सरकारलाई कांग्रेसको पूरापूर सहयोग रहेको र राम्रोसँग अगाडि जानेमा दुईमत नरहेको बताएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले ओली र आफू विगतमा संगै जेल बसेको पनि स्मरण गरे । उनले ओली र आफूबीचको सम्बन्ध सौहार्दपूर्ण रहेको पनि सुनाए ।

khadya

‘अहिले ओलीजी र कांग्रेस पार्टीको बीचमा सहमति भएको छ । हामी जेलमा संगै बसेको, जेलभित्र पनि जेल । सेन्टर जेलमा गोलघर भन्ने ठाउँ छ । जेलभित्र पनि जेलमा राखिएको थियो । हाम्रो राजनीति आफ्नो–आफ्नो ठाउँमा छ । हामीबीचको सम्बन्ध राम्रोसँग गइराखेको छ । राम्रो भएर अगाडि जाने दुइमत छैन । कांग्रेसबाट पूरापूर सपोर्ट छ,’– सभापति देउवाले भने ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार