पीएम कपमा १०० विकेट पूरा गर्दै ललितले बनाए कीर्तिमान

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य स्पीनर तथा नेपाल पुलिस क्लबका खेलाडी ललित राजवंशीले प्रधानमन्त्री कप क्रिकेटमा १०० विकेट पूरा गर्दै कीर्तिमान कायम गरेका छन् ।

उनी पीएम कपमा १०० विकेट पूरा गर्ने पहिलो खेलाडी बनेका हुन् । अहिले भइरहेको कर्णाली प्रदेशसँगको खेलमा विकेट लिँदै उनले यो कीर्तिमान आफ्नो नाममा गरेका हुन् ।

उनले ४२ खेलमा विकेट संख्या १०१ पुर्‍याएका छन्। उनीपछि दोस्रो स्थानमा त्रिभुवन आर्मीका शाहब आलमको ९९ विकेट छ । उनलाई पनि अब हुने खेलमा विकेट लिँदै यो सफलता हात पार्ने मौका छ ।

जारी पीएम कपमा ललितको उच्च प्रदर्शनमा नेपाल पुलिस क्लब अपराजित छ भने आर्मीका लागि पनि शाहबले शानदार बलिङ गरिरहेका छन् ।

दुवै खेलाडीको टोली पीएम कपको फाइनल नजिक छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार