संघ सरकारले अधिकारलाई बिकेन्द्रीकृत गर्नुपर्छः मुख्यमन्त्री शाह

धनगढी : सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भूमी सम्बन्धी अधिकार प्रदेश सरकारलाई दिएमा तीन वर्ष भित्र समस्या समाधान गर्ने ठोकुवा गर्नु भएको छ ।
मंगलबार भूमि समस्या सामाधान आयोग कैलालीले धनगढीमा आयोजना गरेको भूमि समस्या सामाधान आयोगको कामसँग सम्बन्धित विषयमा स्थानीय तहका पदाधिकारीहरुका लागि अभिमुखीकरण तथा अन्तरिक्रया कार्यक्रममा बोल्दै उनले भने,“प्रदेशलाई अधिकार प्राप्त हुने हो, भने यो प्रदेशको भूमी सम्बन्धी समस्या तीन वर्ष भित्र समाधान हुन्छ ।” “एकैठाउँमा अधिकार भएकारण समस्या हो,” मुख्यमन्त्री शाहले भने “संघ सरकारले अधिकारलाई बिकेन्द्रीकृत गर्नुपर्छ ।”
कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका मुख्यमन्त्री शाहले संघीय ऐन कुराहरु छन, प्रदेश ऐनका कुराहरु छन, यी सबैका बीच प्रदेश सरकार सरासर सधैका लागि यो समस्या समाधान गर्न पर्छ भन्ने हिसाबमा लागेको बताए ।

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार