काठमाडौं : पछिल्ला चार कारोबार दिनदेखि सुनको भाउ लगातार घटेको छ।
नेपाली बजारमा शुक्रबारदेखि सुनको मूल्य घटेको हो। बिहीबार छापावाल सुन प्रतितोला १ लाख ७६ हजारमा कारोबार भएकोमा शुक्रबार १ हजार घटेको थियो।
यसैगरी आइतबार ९ सय र सोमबार ६ सय घटेको थियो। आज मंगलबार २ सय घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउ प्रतितोला १ लाख ७३ हजार ३ सय रुपैयाँ तोकेको छ।
प्रतिक्रिया दनुहोस्