त्रिशूलीमा ट्रक खस्दा चालकको मृत्यु

काठमाडौं : मुग्लिन-नारायणगढ सडकखण्डमा ट्रक अनियन्त्रित भएर त्रिशूलीमा खसेको छ । आज बिहान करिब साढे ६ बजेतिर कोइला बोकेको ट्रक अनियन्त्रित भई त्रिशूली नदीमा खस्दा चालकको ज्यान गएको छ भने सहचालक घाइते भएका छन् ।

बागमती प्रदेश-०३-००१ ख ४८७४ नम्बरको उक्त ट्रक दुर्घटनामा परी रौतहट निवासी करिब ३०-३५ वर्षीय चालक रामनारायण यादवको मृत्यु भएको छ । सोही ट्रकका १९ वर्षीय सहचालक असुन्द्र कुमार यादव घाइते भएका छन्  ।

khadya

दुर्घटनाको खबर प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालय जुगेडीबाट प्रहरी नायब निरीक्षक ठाकुर प्रसाद पनेरु नेतृत्वको टोली उद्धारका लागि घटनास्थल पुगेको थियो । उद्धारपछि घाइतेहरूलाई भरतपुरस्थित सरकारी अस्पताल लगिएको थियो । चिकित्सकले सहचालकको अवस्था गम्भीर रहेकाले उनलाई थप उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुरमा रिफर गरे भने चालकलाई बिहान ८:२० बजे मृत घोषित गरियो ।

प्रहरीका अनुसार ट्रक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।  ट्रकको आधा भाग त्रिशूली नदीमा डुबेको देखिएको छ, जसलाई निकाल्न प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार