पूर्व पतिसँग बोलेको निहुँमा ४० वर्षीया मनिषाको हत्या

काठमाडौं : झापाको कनकाई नगरपालिका-५ मा धारिलो हतियार प्रहारबाट एक महिलाको हत्या भएको छ । कनकाई-५ नारायणदल चोकमा अस्थायी बसोबास गर्ने ४० बर्षीया मनिषा लिम्बु मग्रान्तीको हत्या भएको हो ।

ताप्लेजुङ सिनाम घर भई नारायणदल चोकस्थित योगेन्द्र बस्यालको घरमा केहि महिनादेखि भाडामा बस्दै आएका ३९ बर्षीय लालबहादुर सार्कीले श्रीमती मनिषाको हत्या गरी आत्महत्याको प्रयास गरेका छन् । लालबहादुरको घाँटीमा गम्भीर चोट लागेको र उपचारका लागि बिएण्डसी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आफ्नै जातिसँग पहिलो विवाह गरेकी मनिषाले पूर्व श्रीमानसँग बोलेको निहुँमा लालबहादुरले खुकुरी प्रहार गर्दा मनिषाको मृत्यु भएको हो ।

khadya

पारिवारिक स्रोतका अनुसार मनिषाको मृत्यु भएपछि लालबहादुरले आत्महत्या प्रयास गरेका हुन् । लालबहादुरको समेत जेठी श्रीमतीसहित परिवार पहाडमा रहेको बुझिएको छ । प्रहरीले लालबहादुरलाई उपचारका लागि बिएण्डसी अस्पताल पठाए पनि खर्च अभावका कारण परिवारले प्रादेशिक अस्पताल भद्रपुर लैजाने तयारी गरिरहेका छन् । घटना सोमबार रातिको भए पनि प्रहरीले मंगलबार बिहानमात्र जानकारी पाएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार