धनगढी । सरकारले नेपाल विद्युत प्राधिरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गर्दै सरकारले कार्यकारी निर्देशकको जिम्मा शाक्यलाई दिएको हो ।
यसअघि प्राधिकरणको कार्यकारी निर्देशक रहेका शाक्यालाई हटाएर सरकारले कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।
तर यसपटक प्राधिकरणले कुलमानलाई पदबाट हटाएर उनै शाक्यालाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।
कुलमान २०७८ साउन २५ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । उनी २०८२ साउन २४ गतेसम्मका लागि प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका थिए ।
प्रतिक्रिया दनुहोस्