अर्जुन कुमालको शतक, गण्डकीले मधेशलाई सुपर ओभरमा हरायो

काठमाडौं : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले रोमाञ्चक जित निकालेको छ । सोमबार सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा गण्डकीले मधेश प्रदेशलाई सुपर ओभरमा हराएको हो ।

निर्धारित ५० ओभरको खेलमा स्कोर बराबरी भएपछि खेल सुपर ओभरमा गएको थियो । सुपर ओभरमा गण्डकीले २२ रन जोड्दा मधेशले ९ रन मात्र बनाउन सक्यो । पीएम कप २०८१ मा यो पहिलो सुपर ओभर हो ।

khadya

त्यसअघि मधेशले दिएको २४७ रनको लक्ष्य पछ्याएको गण्डकी ५०औं ओभरको अन्तिम बलमा वाइडसँगै रनआउट पनि बेहोर्दा २४६ रनमा अलआउट भएको थियो । अर्जुन कुमालले शतक बनाएपनि फिनिस गर्न सकेका थिएनन् ।

सुदिप अर्यालले अविजित ३४ रन बनाएका थिए भने कप्तान बिपिन खत्रीले २६ रन बनाएका थिए । मधेशका विशाल पटेलले ४ विकेट लिँदा रुपेश सिंह, रन्जित कुमार, प्रदिप पासवान र पवन सर्राफले १-१ विेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मधेशले ५० ओभरमा ७ विकेट गुमाएर २४६ रन बनाएको थियो । रोहन बिकले सर्वाधिक ६४ रन बनाए भने हरिशंकर साह र रुपेश सिंहले समान ५१ रन बनाए ।

गण्डकीका बिपिन खत्री र कमल परियारले समान २ विकेट लिँदा अमृत गुरुङ र सन्दिप पराजुलीले १-१ विकेट लिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार