दुर्गालक्ष्मी नमुना माविको १२ कोठे भवनको उद्घाटन

अत्तरिया : कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना माविको १२ कोठे विद्यालय भवनको उद्घाटन गरिएको छ । सोमबार गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले विद्यालय भवनको उद्घाटन गरेका हुन ।

भवनको उद्घाटन गर्दै मेयर भट्टले गोदावरीमा शिक्षाको क्षेत्रमा राम्रो विकास भएको बताए । उनले देशभरमा उत्कृष्ट १० मा पर्ने विद्यालयमा थप भवन निर्माण हुनु खुसीको कुरा भएको बताए । उनले विद्यालयलाई यहाँ सम्म पु-याउन शिक्षकहरूको अथक मिहेनत, विद्यार्थीको लगनशीलता र अभिभावकको विश्वास रहेको बताए । विद्यालयलाई हालको अवस्थासम्म पु-याउन यस क्षेत्रका थुप्रै सामाजिक व्यक्तित्वहरूको ठुलो योगदान रहेको उनले बताए ।

khadya

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश शाहले विद्यालयको १२ कोठे भवन द्रुत गतिमा निर्माण भएको बताए । उनले नेपाल सरकारको ‘नमुना विद्यालय गुरुयोजना २०७५’ अन्तरगत विद्यालय भवन निर्माण गरिएको बताए ।

विद्यालयका प्रधानाध्यापक शिवराज जोशीले देशभरका १२२ नमुना विद्यालयमा आफूहरूको विद्यालय पर्ने बताउँदै सोही कार्यक्रम अन्तरगत नयाँ भवन निर्माण गरिएको बताए । उनले नमुना विद्यालय बनेपछि भौतिक पूर्वाधारमा ठुलो सफलता प्राप्त भएको बताए ।

उनले भवन निर्माणका लागि १ करोड ८४ लाख ७४ हजार २६६ रुपैयाँ खर्च भएको बताए । उनले भवनका अरू कोठामा फर्निचर व्यवस्थापन भएको बताउँदै २ कोठामा विज्ञान प्रयोगशालाको काम केही बाँकी रहेको बताए । उनले भवनमा प्रदेशकै नमुना विज्ञान प्रयोगशाला बनाउने तयारी रहेको बताए । भवनको २०८० असार ४ गते नगरप्रमुख भट्टले नै शिलान्यास गरेका थिए । भवन करिब १९ महिनामा तयार भएको हो । भवन निर्माणका लागि जयबहादुर धामीको संयोजकत्वमा ५ सदस्यीय निर्माण समिति गठन गरिएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार