चेपाङ बाहुल्य बस्तीमा कुलमान, ‘स्वीच अन’ गर्दा खैराङ बस्ती पहिलोपटक झलमल्ल

हेटौंडा : मकवानपुरको चेपाङ बाहुल्य विकट गाउँपालिका नेपाल विद्युत् प्राधिकरणको ‘चेपाङ बिजुली कार्यक्रम’अन्तर्गत झलमल्ल भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सोमबार एक समारोहबीच राक्सिराङ गाउँपालिका-९ खैराङमा रहेको ट्रान्समिटरको ‘स्वीच अन’ गरेर खैराङका बस्तीलाई झलमल्ल बनाए । उनले राक्सिराङ-९ खैराङकी फूलमाया चेपाङको घरको विद्युत्‌को मिटर पनि ‘अन’ गरेका थिए ।

khadya

मकवानपुरकै दुर्गम खैराङमा २०७६/०७७ देखि नै चेपाङलाई बिजुली कार्यक्रम अघि बढाइएको थियो । गाउँपालिकाले आफ्नै स्रोतसाधनले धिमा गतिमा विद्युत् पोल गाड्ने र तार तान्ने काम गरिरहेको थियो । जब प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले उक्त अभियानलाई साथ दिए, तब खैराङलगायत राक्सिराङ गाउँपालिकाका सबै वडामा विद्युत्‌को पहुँच पुग्यो । ‘कुलमान घिसिङको साथ पाएकाले सिंगो राक्सिराङ झलमल्ल हुन सम्भव भएको हो,’ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले भने ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले ३०३ वटा विद्युत्‌ मिटर उक्त वडाका विपन्न चेपाङलाई नि:शुल्क वितरण गरेका थिए । टुकी र दियालोको उज्यालोमा जीवन व्यतीत गर्दै आएका खैराङलगायत राक्सिराङका दुर्गम बस्तीका ९ वटै वडाका चेपाङलगायत अन्य समुदायको घरमा सोमबारदेखि बिजुली बल्न थालेको छ । २०७८ को जनगणनाअनुसार २५ हजार ९ सय ९६ जनसंख्या रहेको उक्त पालिकामा ५ हजार ४४ घरधुरी छन् । ती सबै घरमा विद्युत् पहुँच पुगेको छ ।

दुर्गम पालिकाको घरघरमा विद्युतीकरण गर्न सहयोग पुर्‍याउने घिसिङलाई गाउँपालिकाले सम्मानसमेत गरेको छ । कार्यकारी निर्देशक घिसिङले दुर्गम गाउँका चेपाङको छाप्रो/छाप्रोमा विद्युत् पुर्‍याउन पाउँदा आफुलाई खुसी लागेको बताए । पालिकाले सम्झेर आफूलाई खैराङमा ल्याएर सम्मान गरेकामा खुसी व्यक्त गर्दै उनले भने, ‘यो सम्मानले ऊर्जा दिएको छ ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार