अमेरिका र युक्रेनका अधिकारीबीच साउदी अरबमा भएको वार्ता सकारात्मक

एजेन्सी : अमेरिका र युक्रेनका अधिकारी बीच साउदी अरबमा भएको वार्ता सकारात्मक भएको छ।

युक्रेनी रक्षामन्त्री रुस्टम उमेरोभले अमेरिकी अधिकारीसँगको वार्तामा ऊर्जा लगायतका महत्त्वपूर्ण विषयमा छलफल भएको बताए। उनले राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले युक्रेन र सिङ्गो युरोपको भविष्यको सुरक्षासहित स्थायी शान्तिको चाहेको बताउनुभएको बीबीसीले जनाएको छ।

SHIKHAR COOL TECH

यसअघि अमेरिकाले राखेको ३० दिने युद्ध विरामको प्रस्ताव युक्रेनले स्वीकार गरेको थियो। तर रुसले अस्वीकार गरेको थियो। दुवै देश ऊर्जा केन्द्र र भौतिक संरचनामा आक्रमण नगर्ने कुरामा भने सहमत भएका थिए। युक्रेन र रुसबीचको युद्ध रोक्न अमेरिका मध्यस्तकर्ताको रूपमा लगातार वार्तामा रहेको छ। आजै रुस र अमेरिकाले पनि साउदी अरबमा वार्ता गर्दैछन्।

रुसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभले युक्रेनका बारेमा रुस–अमेरिकाको अर्को चरणको वार्ता साउदी अरबको रियादमा हुने बताउनुभएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार