२७ अप्रिलमा लन्डनमा हसाउंने र नचाउने लाइभ शो ‘लाफ्टर फर लाइफ’ हुने

लन्डन : माया इभेन्ट्स बेलायतको आयोजनामा आउँदो २७ अप्रिल आइतबार ‘लाफ्टर फर लाइफ’ कार्यक्रम लन्डनको ह्यारो लिजर सेन्टरमा हुँदैछ।

पत्रकार सम्मेलनमा इभेन्ट प्रोजेक्ट म्यानेजर भूपेन्द्र विष्टले कार्यक्रमको अवधारणा प्रस्तुत गर्दै महानायक राजेश हमाल र हास्यकलाकार सन्दीप क्षेत्री (मिस्टर ह्याप्पी) को स्ट्यान्डअप कमेडी तथा गायक नवीन के भट्टराई को अतृप्त ब्यान्डसहितको सांगीतिक प्रस्तुति रहने जानकारी गराए।

आयोजक रक्षा थापा का अनुसार बेलायतवासी नेपालीलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। अर्जुन तिवारीले मार्केटिङ संयोजनको जिम्मेवारी लिँदै विद्यार्थी तथा समूह टिकटमा छुटको व्यवस्था गरिएको बताए।

आयोजक भरतराज जोशीले नेपाली विद्यार्थीहरूलाई विशेष सहुलियत दिइएको उल्लेख गर्दै बेलायतमा नेपाली कला-संस्कृतिको प्रवर्द्धन गर्न निरन्तर लागिपरेको बताए ।

टिकट भिआइपीका लागि £५० पाउन्ड  (डिनरसहित), स्ट्यान्डर्ड £२५ र विद्यार्थीका लागि £२० तोकिएको छ। टिकट माया इभेन्ट्सको फेसबुक पेज तथा अन्य अनलाइन माध्यमबाट उपलब्ध छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार