राप्रपाको बैठक जारी

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बैठक जारी छ । पार्टी कार्यालय धुम्वाराहीमा बैठक बसिरहेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको सचिवालयले जनाएको छ ।

बैठकमा निवर्तमान अध्यक्ष पशुपति शमशेर जबरा र प्रकाशचन्द्र लोहनी पनि उपस्थित छन् ।  

Seti Hospital

आजको पदाधिकारीको बैठकमा राजावादी आन्दोलनको गतिविधि र विकसित राजनीतिक घटनाक्रम लगायतको विषयमा छलफल हुने एजेन्डा छ । यस्तै, राप्रपाले आजको बैठकमा आगामी आन्दोलनको समेत तयारी गर्ने अध्यक्ष लिङ्देनको सचिवालयले खबरहबलाई बताएको छ । 

फागुन २५ गतेदेखि राप्रपा पनि राजा फर्काउने आन्दोलनमा सक्रिय छ । तर राप्रपामा पनि सदन छोडेर आन्दोलन गर्ने समूह र सदनसँगै आन्दोलन गर्ने भन्ने दुई समूह हुँदा विवाद छ । 

राप्रपाबाट प्रतिनिधि सभामा १४ सांसद छन् । भने प्रदेश खारेजको पक्षमा रहेको यस पार्टीबाट विभिन्न प्रदेशमा समेत सांसदहरु छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार