१६ थान मोटरसाइकलसहित साढे १९ लाखको भन्सार छलीका सामान बरामद

कञ्चनपुर : कञ्चनपुरमा १६ थान मोटरसाइकल सहित साढे १९ लाखको भन्सार छलीका सामान बरामद गरिएको छ।

इलाका प्रहरी कार्यालय बेलडाडीबाट खटिएको प्रहरी टोलीले अन्दाजी १० लाख ४५ हजार, इलाका प्रहरी कार्यालय गड्डचौकीले ८ लाख ५५ हजार २०० प्रहरीचौकि फटैयाले २७ हजार २०० र अस्ताइ प्रहरीबिट मझगाउँले २५हजार गरि जम्मा १९ लाख, ५२ हजार ४०० मुल्य बराबरकोे भन्सार छलीको सामान आइतवार बरामद गरेको हो।

Seti Hospital

उक्त मूल्य बराबरको भन्सार छलीका कागजात नभएका १६ थान मोटरसाइकल विभिन्न मोबाइलका डिस्प्ले, ग्लास, चार्जर, विभिन्न मोबाइलका पार्टसहरू, साडी, थान कपडा, कुरकुरे,र चस्मा फेला लगायतका सामान बरामद गरी थप कारबाहीको लागी भन्सार कार्यालय पठाइएको कञ्चनपुर प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार