अनेमसंघ अछाममा नयाँ नेतृत्व चयन

धनगढी : नेकपा (एमाले) को महिला भातृ सङ्गठन अखिल नेपाल महिला संघ (अनेमसंघ) अछाममा नयाँ नेतृत्व चयन गरिएको छ । सदरमुकाम मंगलसेनमा सम्पन्न नवौं अधिवेशनले भावना केसीको अध्यक्षतामा १५ सदस्यीय सर्वसम्मत नयाँ समिति चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा मोतिसरा भण्डारी र देवसरा खड्का, सचिवमा पुन्ना कुँवर, सहसचिवमा इन्दु पाण्डे, कोषाध्यक्षमा निताकुमारी शाही चयन हुनुभएको छ । यस्तै समितिको सदस्यमा गोमा कामी, कविता रावल, सविता रावल, सरिता भण्डारी, भरुदेवी रावल, लक्ष्मीकुमारी बुढा, पशुपति साउँद, विन्दाकुमारी विक र सरिताकुमारी शाही चयन हुनुभएको छ ।

जिल्ला अधिवेशनमा एमाले केन्द्रीय सदस्य तथा अछाम १ का निवर्तमान प्रतिनिधिसभा सदस्य यज्ञबहादुर बोगटी, जिल्ला अध्यक्ष चन्द्र बोहरा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार