धनगढी : याक नेपालको कैलालीमा लागु भएका पोषण परियोजनाका बिभिन्न्न क्षेत्रहरुको अनुगमन गरिएको छ । जिल्लाको गोदाबरी ९ र घोडाघोडी ५का संचलान भएका सामुदायिक सिकाई केन्द्रको जलबायु अनुकुलन कृषि प्रविधिको अनुगमन गरिएको हो ।
केयर नेपाल, आईडिइ र म्याप ईन्टरनेशनलको आर्थिक सहयोगमा याक नेपालले जिल्लामा परियोजना संचालन गर्दै आएको छ । जिल्ला समन्वय समिति कैलालीकी प्रमुखको अध्यक्षतामा रहेको परियोजना सल्लाहकार समितिले सिकाइ केन्द्र, पोषण वगैचा, स्वास्थ्य सस्था, अनुगमन गर्नुका साथै पोषण परियोजनाद्वारा गरेका क्रियाकलापवारे समुहका सदस्य र जनप्रतिनिधि संग छलफल गरिएको थियो ।
अनुमगनमा कृषि ज्ञान केन्द्र कैलालीका प्रमख टेकबहादुर बिष्ट, भेटनरीका बरिष्ठ अृधिकृत बिनोदबहादुर कठायत, जिल्ला समन्वय समिति कैलालीका सुचना अधिकारी बिमलप्रकाश जोशी, स्वास्थ्य कार्यालय धनगढीका ओलटनारायण चापागाई, याक नेपालका महासचिव हृदय पुजारा र दामोदर भट्टको टोली रहेको थियो ।
कृषि, स्वास्थ्य क्षेत्रमा स्वस्थ्य स्थवसेविकाको क्षमता अभिवृदि किसान कार्ड, समता विकास कार्यक्रम, पोषण व्यवहार परिर्वतन, करेमा वारीमा तरकारी उत्पादन गर्ने बिषयमा छलफल गरिएको थियो ।
प्रतिक्रिया दनुहोस्