प्रधानमन्त्री क्रिकेट कप : तीनवटा खेल सुरू

काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुदैँछन् ।

जसअनुसार लुम्बिनी र एपीएफ, मधेश र गण्डकी तथा कर्णाली र बागमती बिच तीनवटा खेल हुदैँछन् ।

मधेश र गण्डकी प्रदेशबीच भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा खेल हुनेछ भने लुम्बिनी र एपीएफबीचको खेल तिलोत्तमाको एक्स्ट्राटेक ओभल, रूपेन्देहीमा हुनेछ।

उता, कर्णाली र बागमती प्रदेशबीचको खेल लमहीको देउखुरी क्रिकेट स्टेडियममा हुनेछ। तीनैवटा खेल विहान ९ बजेदेखि सुरू भइसकेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार